दफा २३२
फैसला वा मिलापत्र कार्यान्वयन गर्न बाधा नपर्ने
यस परिच्छेदमा अन्यत्र जुनसुकै कुरा लेखिएको भए तापनि देहायका अवस्थामा फैसला वा मिलापत्र कार्यान्वयन गर्न बाधापर्ने छैनः–
(क) कुनै मुद्दामा भएको फैसला उपर पुनरावलोकन वा मुद्दा दोहोर्याई पाउँ भनी पक्षले दिएको निवेदन विचाराधीन रहेकोअवस्थामा अदालतले अन्यथा आदेश दिएकोमा बाहेक त्यस्तो निवेदन परेको कारणले मात्र त्यस्तो मुद्दामा भएको फैसलाकार्यान्वयन गर्न,
(ख) कसैले फैसला वा मिलापत्र बदर मुद्दा दायर गरे पनि अदालतले अन्यथा आदेश दिएकोमा बाहेक त्यस्तो मुद्दामा भएकोफैसला वा मिलापत्र कार्यान्वयन गर्न,
(ग) कुनै मुद्दाको फैसला कार्यान्वयन तत्काल नगरेमा मुद्दाको विषयवस्तुको रूपमा रहेको सम्पत्ति बिग्रने देखिएमावाक्षतिपूर्ति तिर्नु पर्ने मुद्दामा जित्ने पक्षले पछि पुनरावेदन तहबाट मुद्दा हारेमा अर्को पक्षलाई पर्नगएकोनोक्सानी बापतको क्षतिपूर्ति व्यहोर्ने लिखित प्रतिवद्धता व्यक्त गरेमा अदालतले शुरु फैसला भएपछि त्यस्तोमुद्दामा पुनरावेदन पर्ने म्याद भुक्तानी हुनु वा पुनरावेदन फैसला हुनु अगावै त्यस्तो फैसला कार्यान्वयनगर्न,
(घ) अदालतमा विचाराधीन रहेको कुनै मुद्दाको कुनै विषयमा मुद्दाका पक्षहरू बीच सहमति भएमा र त्यसरी सहमति भएकोविषयछुट्टाएर फैसला कार्यान्वयन गर्न मिल्ने भई अदालतबाट आदेश भएमा ।